Posts

Showing posts from January, 2018

नच्यातिएको उज्यालो

Image
नाम र काम, काम र दाम, नाम र दाम, नाम, काम र दाम हुने जो कोहि पनि प्रतिष्ठित होला तर इज्जत! सबैलाऊ हुने रैछ! अनेकौ रङ्गमा रुमलिने सपना, सपनामा तिख्खर नहुने रैछ! कालु र भालुको समान्तरमा नजाने भयो! कालु घोटेको घोटै हुने भाे, दुनिँयाकाे मुहारमा प्रतिबिम्बकाे बहार लेराउने याे कालुकाे कथामा मसला थपेकाे छ, क्लाम्रिक्सकाे लागि ध्याउन्रमा नलागे पनि देखियाे । दाममा नरूमलिएकाे कालुकाे हरफमा पङ्तिबद्ध लस्करका ताँति ज्वारहरू उठेकाे छ । भालुकाे त्याे साउनेरूपी अाँखा अनि शरिर पछाडिकाे मलद्वार त्यति नै खुम्चेकाे छ, दबेकाे छ, हराकाे छ तब च्यातिएको... ।

नमागेको दाम

Image
उमंग र जोशसंगै साथीभाईसँग यौटा व्यवसाय दर्ता गरियो, जे होस् नुवाकोटमा पहिलो भइयो " अनलाईन सपिंग - ह्याप्पी पसल " । समयभन्दा करिब केहि घण्टा लगियो, दक्ष प्राविधिकको कमि, अफिसमा प्रयोग हुने अति आवश्यक कागजको कमि, प्रमाण-पत्रको कमि त्यो पनि हामी स्वयंले किनेर लगियो बनाईयो, विचारको आधिकारिक नाम -  ह्याप्पी पसल  । किनमेल गर्ने प्रणालीलाई प्रविधिलाई साथमा जीवनशैलीलाई फरक गर्न, स्थानीय घरेलु वस्तुलाई बजारसम्म पुर्याउने, विदेशिएका नुवाकोटवासीलाई विदेशबाट नै सामान अर्डर गरी घरसम्म पुर्याउने हेतुले शुरु गरेको २१ दिनपछि हामी आजबाट अधिकारीक भयौं  । दर्ताकै दौरानमा एक आधिकारिक व्यक्तिले भन्नुभयो - "मलाई यौटा सादा बिल मिलाईदिनु न! मलाई यौटा हिसाब मिलाउनु थियो, यतिकैमा साथीले केहि समयपछि सादा बिल लिएर आयो र दियो .....!

नदा‌ैडिएकाे विश्राम

Image
केही समय पैले, हतारले अफिस अगाडि " रेस्ट रूम " बनाएका यी काली अाज फेरि " व्युटिपार्लर " खोल्दैछ।

नझिम्केकाे रात

Image
करिब दुई अढाई जति भाे । नयन र निन्दले नछाेएकाे । पलपलमा अाेर्काेपर्काे, चिसानचुसान अनि मुटु र मगजकाे खिचातानी । लाै हेर त सुनामी, यता मुसक ल्याप्प लस्केकाे चुँई चुँई उता रातकाे पूर्ण विराम! झिँसमिसेकाे सुशेलि हाल्ने पन्छिकाे उठान अनि त्रिदेशिय मार्गमा कुदेका लस्कर, माेटार । काेल्टेले काँचुलि फेर्ला त भन्या मरे गए नि झिम्केन चुँई चुँई~ई ।

पिटिक जाेश

हुन पनि हाे, कुन्नि के पुसेकाे ढुंगाे त काम लगाउने भन्छन् । तातेकाे फलामलाई स्वरूप दिन अारनका मालिक चाहिन्छ तब अाँउछ रूप । त्यस्त्तै भन्या याे जिउमा किन नलाग्या हाेला अारनकाे राप ।

भजनबालन प्रतियोगिताको प्रमाणपत्रको डिजाइन

Image
नुवाकोटमा पहिलो भजनबालन प्रतियोगिताको लागि तयार गरेको प्रमाणपत्रको डिजाईन "विजय समुहलाई प्रदान गरिएको प्रमाणपत्रको भाषा पृथ्वीनारायण शाहको कालको भाषा प्रयोग गरिएको छ । यसलाई विजेता समूह र सहभागी समूहहरुले आकर्षक माने ।" -डबलि खबर

अबोध प्रेम

Image
बिहानै बाउ छोरा घर नजिकै रहेको मन्दिर दर्शनका लागि निस्केका थियौं । मन्दिर दर्शनपछि बाबुलाई एउटा केक किनिदिए, बाबु खाँदै अघि लम्कदै थियो । अगाडी तीन कुकुरका पप्पी देख्यौं अनि बाबुले ती पप्पीहरुलाई दिए। एक पप्पी कुकुरले सबै खाईदियो, अरुले खान पाएन । त्याँ बाट हामी अगाडी लम्कीयौं। फेरी अलि अगाडी गत हप्ता मात्र सवारीसाधनले किचेको आफ्नो आधा शरीरको भाग घिसार्दै सडक कुकुर हिँडदै थियो संगै घुम्न निस्केको छोराले भन्यो - "बाबा, बाबा के भा?" "गाडीले किचेको" "अनि" "ऐया भा त्यसलाई" "अनि हस्पिटल लानु पर्दैन?" "आफै ठिक हुन्छ भने" केहि पर पुगे पछि फेरी भन्यो- "ठुल्बाको गाडीमा लैजाम न" यतिकैमा हजुरबुवा भेट्यौ "बा! (हजुरबुवालाई बोलाउने नाम), कुकुरलाई ठुल्बाबाको गाडीमा लैजाम्" "त्यो आफै ठिक हुन्छ" बुबाले पनि त्यसै भन्नु भयो । कुकुर र हाम्रो दुरि बड्दै गयो । यसै कुकुर प्रतिको मायाले म चुप लाग्दै छोरालाई भुलाउदै हिंडे । यो लेख्दा पनि बाहिर कुकुरहरु कराई रहेका थिए ।

राष्ट्रिय एकता दिवस/ पृथ्वी जयन्ती २९६ को शुभकामना

Image

भमरा हउ! फूसेज खै? 🐵🙈🙉🙊

Image

फरक औंला!

Image
फरक यति मात्र पृथ्वीबाका औंला र मेरो टिसर्टको औंला !

बाँधिएको डोरी

Image
सबै रमा र व्यस्त थे, के, किन, कसरी भाका भनेर? कसैले सोधेंन! मेरो निकटताले उस्को खुट्टामा बाँधिएको डोरी फुकालियो #यथार्थ #सबौद्धिक #आमा

कुकुरदेखि सावधान!

Image

न कागज न फलाम, एउटै विकल्प भाेटिङ मेसिन

Image