Skip to main content

अबोध प्रेम

बिहानै बाउ छोरा घर नजिकै रहेको मन्दिर दर्शनका लागि निस्केका थियौं ।
मन्दिर दर्शनपछि बाबुलाई एउटा केक किनिदिए, बाबु खाँदै अघि लम्कदै थियो ।
अगाडी तीन कुकुरका पप्पी देख्यौं अनि बाबुले ती पप्पीहरुलाई दिए।
एक पप्पी कुकुरले सबै खाईदियो, अरुले खान पाएन ।
त्याँ बाट हामी अगाडी लम्कीयौं।
फेरी अलि अगाडी गत हप्ता मात्र सवारीसाधनले किचेको आफ्नो आधा शरीरको भाग
घिसार्दै सडक कुकुर हिँडदै थियो संगै घुम्न निस्केको छोराले भन्यो -
"बाबा, बाबा के भा?"
"गाडीले किचेको"
"अनि"
"ऐया भा त्यसलाई"
"अनि हस्पिटल लानु पर्दैन?"
"आफै ठिक हुन्छ भने"

केहि पर पुगे पछि फेरी भन्यो-
"ठुल्बाको गाडीमा लैजाम न"

यतिकैमा हजुरबुवा भेट्यौ
"बा! (हजुरबुवालाई बोलाउने नाम), कुकुरलाई ठुल्बाबाको गाडीमा लैजाम्"
"त्यो आफै ठिक हुन्छ" बुबाले पनि त्यसै भन्नु भयो ।

कुकुर र हाम्रो दुरि बड्दै गयो ।
यसै कुकुर प्रतिको मायाले म चुप लाग्दै छोरालाई भुलाउदै हिंडे ।

यो लेख्दा पनि बाहिर कुकुरहरु कराई रहेका थिए ।

Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)