Skip to main content

अबोध प्रेम

बिहानै बाउ छोरा घर नजिकै रहेको मन्दिर दर्शनका लागि निस्केका थियौं ।
मन्दिर दर्शनपछि बाबुलाई एउटा केक किनिदिए, बाबु खाँदै अघि लम्कदै थियो ।
अगाडी तीन कुकुरका पप्पी देख्यौं अनि बाबुले ती पप्पीहरुलाई दिए।
एक पप्पी कुकुरले सबै खाईदियो, अरुले खान पाएन ।
त्याँ बाट हामी अगाडी लम्कीयौं।
फेरी अलि अगाडी गत हप्ता मात्र सवारीसाधनले किचेको आफ्नो आधा शरीरको भाग
घिसार्दै सडक कुकुर हिँडदै थियो संगै घुम्न निस्केको छोराले भन्यो -
"बाबा, बाबा के भा?"
"गाडीले किचेको"
"अनि"
"ऐया भा त्यसलाई"
"अनि हस्पिटल लानु पर्दैन?"
"आफै ठिक हुन्छ भने"

केहि पर पुगे पछि फेरी भन्यो-
"ठुल्बाको गाडीमा लैजाम न"

यतिकैमा हजुरबुवा भेट्यौ
"बा! (हजुरबुवालाई बोलाउने नाम), कुकुरलाई ठुल्बाबाको गाडीमा लैजाम्"
"त्यो आफै ठिक हुन्छ" बुबाले पनि त्यसै भन्नु भयो ।

कुकुर र हाम्रो दुरि बड्दै गयो ।
यसै कुकुर प्रतिको मायाले म चुप लाग्दै छोरालाई भुलाउदै हिंडे ।

यो लेख्दा पनि बाहिर कुकुरहरु कराई रहेका थिए ।

Comments

Popular posts from this blog

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदको मत गणनाको नतिजा

 

नव वर्ष २०७५ को शुभकामना कार्ड - TWS

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...