Skip to main content

Posts

Showing posts with the label मिस युनिभर्स नेपाल

नुवाकोटकी रजनी ‘मिस युनिभर्स नेपाल २०२०’ टप ५० मा

नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२०’ मा नुवाकोटकी रजनी मिश्र उत्कृष्ट पचासभित्र परेकी छिन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का २३ वर्षीया रजनी अहिले इण्डियामा चार्टर एकाउन्टेन्ट को अन्तिम सेमेस्टरमा अध्ययनरत रहेकी छिन् । उनीले काठमाडौं मोडेल कलेज मा १०+२ अध्ययन गरेकि हुन् भने विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको सुभेनियर बोर्डिंङबाट एस.एल.सी. (एसईइ) दिएकी हुन्। उनीलाई उत्कृष्ट चौधमा पुर्याउनको लागि नुवाकोटबासी तथा सम्पूर्ण शुभचिन्तकहरुलाई उनकी बुबा बैकुण्ठ मिश्रले फेसबुकबाट अनुरोध गरेका छन् । उनकी बुबा जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुन् ।