Posts

Showing posts from February, 2018

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

Image
शनिबारको दिन वडाको गतिविधि र हिजोदेखि पुन:संचालनमा भनिएको विदुर नगरपालिका वडा ४ मा स्थित बट्टार बसपार्क हेर्न निस्किए । बसपार्क पुगें । बस्ने कुर्सीमा झोलाहरु लामबद्द रुपमा थियो! कोहि यात्रुहरु यताउति भौतारिएका, कोहि यताउति हिंडी रहेको, कोहि मोबाइलमा व्यस्त थिए भने कोहि कसैको पर्खाईमा बसी रहेका थिए । कुरो बुझ्न मन लाग्यो, बुझें! थाहा भयो कि करिब १ घण्टाको पर्खाईमा रहेको केरुङ यातायातद्वारा संचालित बस समयमा नआएको भनि यात्रुहरु एकले अर्कालाई पिडा पोख्दै थिए! पर्खाईमा कौतुहलताको मुहार झल्काई रहेका थिए । पासाङल्हामु र नेपाल यातायातका बस/माइक्रो आउनेजाने क्रम जारी नै थियो । आफुले टिकट काटेको बस किन नआएको भनि गुनगुन गरिरहेका थिए । भर्खरै मात्र संचालनमा आएकोले होला सबै काउन्टरमा समितिको बोर्ड पनि थिएन । चियाको चुस्कीसंगै शनिवारीय पर्खाईको रमिता हेर्दै थिएँ । काउन्टरमा अाधिकारिक व्यक्ति नभएकाेले गर्दा सास्ती व्यहोर्नु परेको यात्रुले बताए । कसलाई गुनासो गर्ने? भनेर अनविज्ञ थिए यात्रुहरु । यसरी यात्रुलाई दु:ख दिन नहुने पासाङल्हामु यातायात समितिका काउन्टर स्टाफले भने