कोरोनाभाइरसको संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन लगतै विद्यालयले बिदा दिएर घरमा पठाएको आज ५१ औं दिन भएको छ, रनिता आचार्यलाई । गत फाल्गुणबाट १६ वर्ष प्रवेश गरेका आचार्य, बौद्धिक अपाङ्गता भएकि एक व्यक्ति हुन् । अहिले उनी परिवारसँगै घरमै बस्न बाध्य भएकी छिन् । उनी आमा निता आचार्य र बुबा रमेश आचार्यको कोखबाट जन्मेकि हुन् । उनको घर विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार हो। जेठी छोरीको रुपमा जन्मेकि उनकी दुई बहिनीहरु छन्। उमेर भर्खरै १३ वर्ष लागेकी माइली बहिनी अर्किड एकेडेमीमा कक्षा ७ मा अध्यनरत छिन् भने ६ वर्ष टेकेकी कान्छी बहिनी विद्यालय जानको लागि तयारीमा छिन् । उनी सोहि वडाकाे माझीटारमा रहेको बौद्धिक अपाङ्गता विद्यालयका एक छात्रा हुन् । उनी जस्तै त्यहाँ अरु २३ जना बौद्धिक अपाङ्गता भएकाहरुसँग होस्टेल मैं बस्थिन् । १८ वर्षभन्दा मुनिका बौद्धिक अपाङ्गता भएकाहरुलाई हेरचाह गर्ने उद्देश्य अनुसार बौद्धिक अपाङ्गता अभिभावक संघ नुवाकोटको अभिभावकत्वमा सञ्चालित उक्त विद्यालय अहिलेको समयमा पूर्ण रुपले बन्द रहेको छ। उक्त विद्यालयबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा लगायतका विद्यार्थीहर...