Posts

Showing posts from May, 2020

नोभल कोरोना भाइरस सम्बन्धि जिल्ला समन्वय समितिको सूचना

Image

कोरोनाभाइरस सम्बन्धि जनचेतनामूलक राजमानको व्यङ्ग्य (कार्टुनसहित)

Image
कार्टुनिष्ट राजेशलक्ष्मी मानन्धरले लकडाउनको थप सदुपयोग गर्दै कोरोनाभाइरससँग सम्बन्धित ३७ वटा व्यङ्ग्य कार्टुन बनाएका छन् ।

साथी सम्झेर “ओई…ओई…!” भनेर कराउने गर्छिन्

Image
कोरोनाभाइरसको संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन लगतै विद्यालयले बिदा दिएर घरमा पठाएको आज ५१ औं दिन भएको छ, रनिता आचार्यलाई । गत फाल्गुणबाट १६ वर्ष प्रवेश गरेका आचार्य, बौद्धिक अपाङ्गता भएकि एक व्यक्ति हुन् । अहिले उनी परिवारसँगै घरमै बस्न बाध्य भएकी छिन् । उनी आमा निता आचार्य र बुबा रमेश आचार्यको कोखबाट जन्मेकि हुन् । उनको घर विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार हो। जेठी छोरीको रुपमा जन्मेकि उनकी दुई बहिनीहरु छन्। उमेर भर्खरै १३ वर्ष लागेकी माइली बहिनी अर्किड एकेडेमीमा कक्षा ७ मा अध्यनरत छिन् भने ६ वर्ष टेकेकी कान्छी बहिनी विद्यालय जानको लागि तयारीमा छिन् । उनी सोहि वडाकाे माझीटारमा रहेको बौद्धिक अपाङ्गता विद्यालयका एक छात्रा हुन् । उनी जस्तै त्यहाँ अरु २३ जना बौद्धिक अपाङ्गता भएकाहरुसँग होस्टेल मैं बस्थिन् । १८ वर्षभन्दा मुनिका बौद्धिक अपाङ्गता भएकाहरुलाई हेरचाह गर्ने उद्देश्य अनुसार बौद्धिक अपाङ्गता अभिभावक संघ नुवाकोटको अभिभावकत्वमा सञ्चालित उक्त विद्यालय अहिलेको समयमा पूर्ण रुपले बन्द रहेको छ। उक्त विद्यालयबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा लगायतका विद्यार्थीहर

भर्चुअल शिक्षा: चुनौतीपूर्ण र ओझेलपूर्ण

Image
अनलाईन कोर्ष सबैले सबै खाले निकाले! डलरमा Play Store र App Store मा राखे, सरकारले पनि राखे, शिक्षक र अभिभावकले खोजि दिएको र मोबाइल, ल्याबटप, ट्याबमा राखेका सबै शैक्षिक सामग्री विद्यार्थीले पढ्न थाले होलान, पढेंनन् पनि होला, प्रविधिको गेम जसरी, हात र आँखामा हुन्जेल हेर्यो सुन्यो, कतिलाई लाग्यो होला, विदाको दिनमा पनि कति लादेको भनेर? बाल मनोविज्ञानको लेखा जोखाको त सुनुवाई कसले गर्ने? रमाइलो लाग्ला इन्टरनेट चलाउँदा कति को कठिनाई होला? मनोरञ्जनलाई मात्र प्रयोगमा ल्याउने मोबाइल, ट्याबलाई पढाईको मध्यमलाइ अभ्यास वा प्रयोगमा ल्याउँदा कसरि अंगाल्ने हो? त्यो बाल मानसिकताले? निजी, गैर, राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीमा सफ्टवेयर, मोबाईल एप, डिजिटल बुकसहित श्रव्यदृश्यका उपयोगी सामग्रीहरु कति निर्माण भए पलाए, तर त्यसको मूल्यांकन कतिको भैरहेको छ? देशको शैक्षिक प्रणाली अनुसार कतिको उपयोगी छ? विदेशी लगानीबाट हुने शिक्षामा देशको सर्वभौम, संस्कृतिमा कतिको अनुकुल रहेको छ ? त्यसको मुल्यांकन सरकार वा निकायबाट हेरिनुपर्छ अन्यथा नेपालको पहिचान, धर्म, संस्कृति, भौगोलिक, इतिहासमा आँच आउने कुनै दुइमत

लकडाउनमा पनि सञ्चालन हुने व्यवसायहरु (सूचीसहित)

Image