बिहानै बाउ छोरा घर नजिकै रहेको मन्दिर दर्शनका लागि निस्केका थियौं । मन्दिर दर्शनपछि बाबुलाई एउटा केक किनिदिए, बाबु खाँदै अघि लम्कदै थियो । अगाडी तीन कुकुरका पप्पी देख्यौं अनि बाबुले ती पप्पीहरुलाई दिए। एक पप्पी कुकुरले सबै खाईदियो, अरुले खान पाएन । त्याँ बाट हामी अगाडी लम्कीयौं। फेरी अलि अगाडी गत हप्ता मात्र सवारीसाधनले किचेको आफ्नो आधा शरीरको भाग घिसार्दै सडक कुकुर हिँडदै थियो संगै घुम्न निस्केको छोराले भन्यो - "बाबा, बाबा के भा?" "गाडीले किचेको" "अनि" "ऐया भा त्यसलाई" "अनि हस्पिटल लानु पर्दैन?" "आफै ठिक हुन्छ भने" केहि पर पुगे पछि फेरी भन्यो- "ठुल्बाको गाडीमा लैजाम न" यतिकैमा हजुरबुवा भेट्यौ "बा! (हजुरबुवालाई बोलाउने नाम), कुकुरलाई ठुल्बाबाको गाडीमा लैजाम्" "त्यो आफै ठिक हुन्छ" बुबाले पनि त्यसै भन्नु भयो । कुकुर र हाम्रो दुरि बड्दै गयो । यसै कुकुर प्रतिको मायाले म चुप लाग्दै छोरालाई भुलाउदै हिंडे । यो लेख्दा पनि बाहिर कुकुरहरु कराई रहेका थिए ।