Posts

Showing posts from January, 2021

सुभेनियर बोर्डिंङ्गको एस्ट्रो एस्प्रो

Image
 विद्यालयतहमा पाठ्य पुस्तकबाट मात्रै सौर्य मण्डलका ग्रह, उपग्रह र नक्षत्रका बारेमा सिकाइएका विद्यार्थीहरुलाई सौर्य मण्डलको अवलोकन गराउने उदेश्यले अवलोकन गराउँदा शिक्षण सिकाइ प्रभावकारी हुने भएकोले "एस्ट्रो एस्प्रो" आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए । रातको समयमा मात्र सहज रुपमा देखिने चन्द्रमा, विभिन्न ग्रह र नक्षत्र भएकोले यस एस्प्रो अवलोकनको लागि विद्यालयका पुर्व विद्यार्थी तथा नुवाकोट साईन्स क्लबका संयोजक नरेश्वर पाण्डे, विज्ञानका विद्याथी शेखर चित्रकार लगायतको सहकार्यमा भएको उनले बताए । बिहिबारदेखि शुक्रबारसम्म भएको उक्त एस्प्रो कक्षा ७, ८ , ९ र १० का विद्यार्थी, अविभावक, पुर्व विद्यार्थी लगायतले चन्द्रमा, मङ्गल, शनि, बृहस्पति, ताराहरूको नक्षत्रको टेलिस्कोप र दुरबिनको माध्यमले नजिकैबाट अवलोकन गर्न सकिएको विद्यालयका विज्ञान शिक्षक काजी खान जानकारी दिए ।