Skip to main content

Posts

Showing posts with the label सम्मान

स्रस्टा सम्मान तथा साहित्यिक गोष्ठी

नुवाकोट साहित्य प्रतिष्ठान नेपाल र कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिको संयुक्त आयोजनामा भएको नुवाकोट साहित्य प्रतिष्ठान नेपालले महामण्डल साहित्यबाट कवि तथा पत्रकार डा. नवराज लम्साल (धादिङ), कमला तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवानाथ धमला (ओखलढुंगा) र महामण्डल युवा साहित्य सम्मानबाट बिना थिङ (नुवाकोट) लाई सम्मान गरेको छ ।  त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले महाकवि नरेन्द्र स्मृति दिवस, स्रस्टा सम्मान तथा काव्यसम्मेलनको अवसर पारेर नरेन्द्रनाथ रिमाल वाङमयनिधि प्रतिभा पुरस्कारबाट त्रिभुवन विश्व बिद्यालयको स्नातकोत्तरतह नेपालीमा जीपीए ३.६१ ग्रेड प्राप्त गरेका सुभद्रा पौडेल (नवलपरासी) लाई २५ हजार १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ । नरेन्द्रनाथ वाङमय काव्य सम्मानबाट नेपाली साहित्य क्षेत्रमा पद्य कविता रचना गर्ने विशिष्ट व्यक्त्वो मध्येबाट कवि प्रहलाद पोख्रेललाई १० हजार १ सय १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ । त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले एसईई परीक्षामा नुवाकोटबाट उत्कृष्ट तथा समान अंक ३.९५ ल्याउने एकल रिमाल (अर्किड एके...