Posts

Showing posts from March, 2020

कोरोनाभाइरस अपडेट

राम मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा महोत्सव

Image
विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको राम मन्दिरको मुर्तिमा आज बिहिबार प्राण प्रतिष्ठा महोत्सव सम्पन्न भएको छ । विनाशकारी भूकम्पले मन्दिरमा क्षति भएको पुनर्निर्माण सम्पन्न गरी आज मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको राममन्दिर संरक्षण समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशुली बजारबासीको आस्थाको केन्द्र रहेको मन्दिरको पुनर्निर्माणकाे लागि विदुर नगरपालिका, स्थानीय नागरिकहरुबाट एक करोड ४ लाख रकम सङ्कलन जुटेको र अहिलेसम्म ९६ लाख खर्च भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।