Skip to main content

Posts

नेपाली क्यालेन्डर २०७५ डिजाईन

Nepali Calendar 2075: 2075 Calendar Design, Calendar Design, calendar design templates, photoshop calendar template, Year 2075 Calendar, calendar design inspiration, wall calendar design,wall calendar design inspiration,wall calendar design samples, wall calendar design 2075, 2075 calendar, monthly calendar design,calendar design templates free download,calendar design ideas

नव वर्ष २०७५ को शुभकामना कार्ड - TWS

नव वर्ष २०७५ को शुभकामना Nepali New Year 2075

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

शनिबारको दिन वडाको गतिविधि र हिजोदेखि पुन:संचालनमा भनिएको विदुर नगरपालिका वडा ४ मा स्थित बट्टार बसपार्क हेर्न निस्किए । बसपार्क पुगें । बस्ने कुर्सीमा झोलाहरु लामबद्द रुपमा थियो! कोहि यात्रुहरु यताउति भौतारिएका, कोहि यताउति हिंडी रहेको, कोहि मोबाइलमा व्यस्त थिए भने कोहि कसैको पर्खाईमा बसी रहेका थिए । कुरो बुझ्न मन लाग्यो, बुझें! थाहा भयो कि करिब १ घण्टाको पर्खाईमा रहेको केरुङ यातायातद्वारा संचालित बस समयमा नआएको भनि यात्रुहरु एकले अर्कालाई पिडा पोख्दै थिए! पर्खाईमा कौतुहलताको मुहार झल्काई रहेका थिए । पासाङल्हामु र नेपाल यातायातका बस/माइक्रो आउनेजाने क्रम जारी नै थियो । आफुले टिकट काटेको बस किन नआएको भनि गुनगुन गरिरहेका थिए । भर्खरै मात्र संचालनमा आएकोले होला सबै काउन्टरमा समितिको बोर्ड पनि थिएन । चियाको चुस्कीसंगै शनिवारीय पर्खाईको रमिता हेर्दै थिएँ । काउन्टरमा अाधिकारिक व्यक्ति नभएकाेले गर्दा सास्ती व्यहोर्नु परेको यात्रुले बताए । कसलाई गुनासो गर्ने? भनेर अनविज्ञ थिए यात्रुहरु । यसरी यात्रुलाई दु:ख दिन नहुने पासाङल्हामु यातायात समितिका काउन्टर स्टाफले भने ...

नच्यातिएको उज्यालो

नाम र काम, काम र दाम, नाम र दाम, नाम, काम र दाम हुने जो कोहि पनि प्रतिष्ठित होला तर इज्जत! सबैलाऊ हुने रैछ! अनेकौ रङ्गमा रुमलिने सपना, सपनामा तिख्खर नहुने रैछ! कालु र भालुको समान्तरमा नजाने भयो! कालु घोटेको घोटै हुने भाे, दुनिँयाकाे मुहारमा प्रतिबिम्बकाे बहार लेराउने याे कालुकाे कथामा मसला थपेकाे छ, क्लाम्रिक्सकाे लागि ध्याउन्रमा नलागे पनि देखियाे । दाममा नरूमलिएकाे कालुकाे हरफमा पङ्तिबद्ध लस्करका ताँति ज्वारहरू उठेकाे छ । भालुकाे त्याे साउनेरूपी अाँखा अनि शरिर पछाडिकाे मलद्वार त्यति नै खुम्चेकाे छ, दबेकाे छ, हराकाे छ तब च्यातिएको... ।

नमागेको दाम

उमंग र जोशसंगै साथीभाईसँग यौटा व्यवसाय दर्ता गरियो, जे होस् नुवाकोटमा पहिलो भइयो " अनलाईन सपिंग - ह्याप्पी पसल " । समयभन्दा करिब केहि घण्टा लगियो, दक्ष प्राविधिकको कमि, अफिसमा प्रयोग हुने अति आवश्यक कागजको कमि, प्रमाण-पत्रको कमि त्यो पनि हामी स्वयंले किनेर लगियो बनाईयो, विचारको आधिकारिक नाम -  ह्याप्पी पसल  । किनमेल गर्ने प्रणालीलाई प्रविधिलाई साथमा जीवनशैलीलाई फरक गर्न, स्थानीय घरेलु वस्तुलाई बजारसम्म पुर्याउने, विदेशिएका नुवाकोटवासीलाई विदेशबाट नै सामान अर्डर गरी घरसम्म पुर्याउने हेतुले शुरु गरेको २१ दिनपछि हामी आजबाट अधिकारीक भयौं  । दर्ताकै दौरानमा एक आधिकारिक व्यक्तिले भन्नुभयो - "मलाई यौटा सादा बिल मिलाईदिनु न! मलाई यौटा हिसाब मिलाउनु थियो, यतिकैमा साथीले केहि समयपछि सादा बिल लिएर आयो र दियो .....!

नदा‌ैडिएकाे विश्राम

केही समय पैले, हतारले अफिस अगाडि " रेस्ट रूम " बनाएका यी काली अाज फेरि " व्युटिपार्लर " खोल्दैछ।