Skip to main content

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

शनिबारको दिन वडाको गतिविधि र हिजोदेखि पुन:संचालनमा भनिएको विदुर नगरपालिका वडा ४ मा स्थित बट्टार बसपार्क हेर्न निस्किए ।

बसपार्क पुगें । बस्ने कुर्सीमा झोलाहरु लामबद्द रुपमा थियो! कोहि यात्रुहरु यताउति भौतारिएका, कोहि यताउति हिंडी रहेको, कोहि मोबाइलमा व्यस्त थिए भने कोहि कसैको पर्खाईमा बसी रहेका थिए ।

कुरो बुझ्न मन लाग्यो, बुझें! थाहा भयो कि करिब १ घण्टाको पर्खाईमा रहेको केरुङ यातायातद्वारा संचालित बस समयमा नआएको भनि यात्रुहरु एकले अर्कालाई पिडा पोख्दै थिए! पर्खाईमा कौतुहलताको मुहार झल्काई रहेका थिए । पासाङल्हामु र नेपाल यातायातका बस/माइक्रो आउनेजाने क्रम जारी नै थियो । आफुले टिकट काटेको बस किन नआएको भनि गुनगुन गरिरहेका थिए ।

भर्खरै मात्र संचालनमा आएकोले होला सबै काउन्टरमा समितिको बोर्ड पनि थिएन ।

चियाको चुस्कीसंगै शनिवारीय पर्खाईको रमिता हेर्दै थिएँ ।

काउन्टरमा अाधिकारिक व्यक्ति नभएकाेले गर्दा सास्ती व्यहोर्नु परेको यात्रुले बताए । कसलाई गुनासो गर्ने? भनेर अनविज्ञ थिए यात्रुहरु ।

यसरी यात्रुलाई दु:ख दिन नहुने पासाङल्हामु यातायात समितिका काउन्टर स्टाफले भने – यसले गर्दा अरु बसका काउन्टरहरुको समेत यात्रुमाझ विश्वसनियमा शंका हुने बताए र सम्बन्धित पक्षसँग सम्पर्क गर्न सहकार्य गर्दै थिए ।

बस नआउने भए अरु बसमा जान समेत टिकट फिर्ता गर्न तम्सिएका थिए ।

आयो! आयाे!! भन्दै मख्ख पर्ने अनि आफुले टिकट काटेको कुन बस हो भनि थाहा नपाउने जिल्लाराम यात्रु पनि देखियो ।

करिब साढे २ घण्टाकाे पर्खाईपछि २:२२ बजे बसकाे आगमन भयो र यात्रुहरु पिडा भुली खुशी हुँदै बसतिर लम्किए!



बसपार्क र वर्तमान

बसपार्कमा सार्वजनिक शौचालय, सडक र सडकबत्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन, ट्राफिक नियम, बसपार्क वरपर बढ्दै गई रहेको व्यवसाय, सवारी पार्किङस्थल लगायतका संरचनाहरुका पुर्वाधारहरुलाई समयमा नै व्यवस्थापन गरी आधुनिक बसपार्कको सिर्जना गर्नुपर्ने अपरिहार्य  देखिएको छ ।

बसपार्कको वरिपरीका सडक छेउछाउमा ढलहरुलाई  भत्काएर व्यवसाय प्रयोजनको लागि बाटोमा प्रयोग गरिएकोछ । सडकको सुन्दरता बिग्रन नदिन व्यवस्थापन लाग्नुपर्ने देखिएको छ ।

समय सापेक्ष टिकट बुकिंगलाई पनि टेलिफोन र अनलाईनमार्फत सेवा प्रदान गर्नुपर्ने देखिएको छ । टिकटमा हाते लेखनको साटो डिजिटलाइज् गरी प्रिन्ट सिस्टम, मोबाइल एसएमएस र मोबाइल एप्सको निर्माण गरी सेवालाई चुस्त राख्न आधुनिकतालाई अपनाउनु पर्ने देखिन्छ ।

२०६८ सालमा विदुर नगरपालिकाले एशियाली विकास वैंकको १ करोड रुपैयाको ऋण लगानीमा निर्माण गरेको बसपार्क पुन:सञ्चालनमा ल्याइए तापनि उचित व्यवस्थापनमा सुचारु नगरिएको पाईयो । पटकपटक संचालन हुँदै  र बन्द हुँदै आएकोमा बसपार्कलाई सुव्यवस्थित व्यवस्थापन र निरन्तता दिने हो भने बट्टार बसपार्कले जीवन्त पाउने थियो ।

Comments

Popular posts from this blog

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदको मत गणनाको नतिजा

 

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

बाल लघुकथा: गोठालो र दुग्देश्वर महादेव

  एउटा सुन्दर गाउँ थियो, जहाँ चारैतिर हरिया पहाड र कलकल बग्ने तादी नदी थियो। त्यो गाउँको छेउमा एउटा अग्लो र विशाल चट्टान थियो, जसको टुप्पोमा पुग्न धेरै गाह्रो थियो। त्यही गाउँमा वासु तामाङ भन्ने एक इमान्दार र सोझो गोठालो बस्थे। वासुको एउटी ज्यादै प्यारी र असल गाई थिई, जसलाई उनी हरेक दिन नजिकको जंगलमा चराउन लैजान्थे। एकपटकको कुरा हो, वासु आफ्नी गाईलाई लिएर गोठालो जाँदै थिए। खेल्दा-खेल्दै गाई कता हराई, उनले पत्तै पाएनन्। वासुले दिनभरि जताततै खोजे, "मेरी गाई, मेरी प्यारी गाई!" भनेर बोलाए, तर गाई कतै भेटिइन। उनी साह्रै निराश भएर साँझपख घर फर्के। राति वासु सुतिरहेका बेला एउटा अचम्मको सपना देखे। सपनामा एकजना तेजिलो मुहार भएका जोगी बा प्रकट हुनुभयो। जोगी बाले वासुलाई भन्नुभयो, "गोठालो, तिमी निराश नहोऊ। तिम्रो गाई हराएको छैन। ऊ त त्यो अग्लो भिरको पहरोमाथि छ। त्यो ठाउँमा तिमीले हरेक दिन पूजा गर्नुपर्छ र मेला लगाउनुपर्छ।" जोगी बाले यो कुरा भन्नुभएको दिन मंसिर महिनाको चर्तुदशीको रात थियो। भोलिपल्ट बिहानै वासु तामाङ सपनामा भनेजस्तै त्यो अग्लो भिर भएको ठाउँमा गए। भिरमा चढ्न त गा...