Skip to main content

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

शनिबारको दिन वडाको गतिविधि र हिजोदेखि पुन:संचालनमा भनिएको विदुर नगरपालिका वडा ४ मा स्थित बट्टार बसपार्क हेर्न निस्किए ।

बसपार्क पुगें । बस्ने कुर्सीमा झोलाहरु लामबद्द रुपमा थियो! कोहि यात्रुहरु यताउति भौतारिएका, कोहि यताउति हिंडी रहेको, कोहि मोबाइलमा व्यस्त थिए भने कोहि कसैको पर्खाईमा बसी रहेका थिए ।

कुरो बुझ्न मन लाग्यो, बुझें! थाहा भयो कि करिब १ घण्टाको पर्खाईमा रहेको केरुङ यातायातद्वारा संचालित बस समयमा नआएको भनि यात्रुहरु एकले अर्कालाई पिडा पोख्दै थिए! पर्खाईमा कौतुहलताको मुहार झल्काई रहेका थिए । पासाङल्हामु र नेपाल यातायातका बस/माइक्रो आउनेजाने क्रम जारी नै थियो । आफुले टिकट काटेको बस किन नआएको भनि गुनगुन गरिरहेका थिए ।

भर्खरै मात्र संचालनमा आएकोले होला सबै काउन्टरमा समितिको बोर्ड पनि थिएन ।

चियाको चुस्कीसंगै शनिवारीय पर्खाईको रमिता हेर्दै थिएँ ।

काउन्टरमा अाधिकारिक व्यक्ति नभएकाेले गर्दा सास्ती व्यहोर्नु परेको यात्रुले बताए । कसलाई गुनासो गर्ने? भनेर अनविज्ञ थिए यात्रुहरु ।

यसरी यात्रुलाई दु:ख दिन नहुने पासाङल्हामु यातायात समितिका काउन्टर स्टाफले भने – यसले गर्दा अरु बसका काउन्टरहरुको समेत यात्रुमाझ विश्वसनियमा शंका हुने बताए र सम्बन्धित पक्षसँग सम्पर्क गर्न सहकार्य गर्दै थिए ।

बस नआउने भए अरु बसमा जान समेत टिकट फिर्ता गर्न तम्सिएका थिए ।

आयो! आयाे!! भन्दै मख्ख पर्ने अनि आफुले टिकट काटेको कुन बस हो भनि थाहा नपाउने जिल्लाराम यात्रु पनि देखियो ।

करिब साढे २ घण्टाकाे पर्खाईपछि २:२२ बजे बसकाे आगमन भयो र यात्रुहरु पिडा भुली खुशी हुँदै बसतिर लम्किए!



बसपार्क र वर्तमान

बसपार्कमा सार्वजनिक शौचालय, सडक र सडकबत्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन, ट्राफिक नियम, बसपार्क वरपर बढ्दै गई रहेको व्यवसाय, सवारी पार्किङस्थल लगायतका संरचनाहरुका पुर्वाधारहरुलाई समयमा नै व्यवस्थापन गरी आधुनिक बसपार्कको सिर्जना गर्नुपर्ने अपरिहार्य  देखिएको छ ।

बसपार्कको वरिपरीका सडक छेउछाउमा ढलहरुलाई  भत्काएर व्यवसाय प्रयोजनको लागि बाटोमा प्रयोग गरिएकोछ । सडकको सुन्दरता बिग्रन नदिन व्यवस्थापन लाग्नुपर्ने देखिएको छ ।

समय सापेक्ष टिकट बुकिंगलाई पनि टेलिफोन र अनलाईनमार्फत सेवा प्रदान गर्नुपर्ने देखिएको छ । टिकटमा हाते लेखनको साटो डिजिटलाइज् गरी प्रिन्ट सिस्टम, मोबाइल एसएमएस र मोबाइल एप्सको निर्माण गरी सेवालाई चुस्त राख्न आधुनिकतालाई अपनाउनु पर्ने देखिन्छ ।

२०६८ सालमा विदुर नगरपालिकाले एशियाली विकास वैंकको १ करोड रुपैयाको ऋण लगानीमा निर्माण गरेको बसपार्क पुन:सञ्चालनमा ल्याइए तापनि उचित व्यवस्थापनमा सुचारु नगरिएको पाईयो । पटकपटक संचालन हुँदै  र बन्द हुँदै आएकोमा बसपार्कलाई सुव्यवस्थित व्यवस्थापन र निरन्तता दिने हो भने बट्टार बसपार्कले जीवन्त पाउने थियो ।

Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)