नुवाकोटमा सिंदुरे जात्रा स्थगित : सिंदुरे जात्रा नुवाकोटको सांस्कृतिक परिचय भैरवीको सिन्दुरे जात्रा यसअघि २०११ सालमा राजा त्रिभुवनको मृत्यु भएको वर्ष रोकिएको थियो । कोरोना संक्रमणको जोखिम लाई ध्यन दिदै यश बर्षको जात्रा पनि स्थगित गरिएको छ। सिंदुरे जात्रा नुवाकोटको सांस्कृतिक परिचय नुवाकोटमा भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रुपले आकर्षक मानिन्छ । देवी जात्रा अर्थात सिन्दुरे जात्रालाई आन्तरिक पर्यटक मात्र होइन विदेशि पर्यटकहरुले समेत रुचिका साथ हेर्ने गर्दछन । भैरवीको सिन्दुर यात्रा प्रत्येक बर्ष चैत्रशुक्ल पूर्णिमाका दिन हुने गर्दछ । यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिना दिन सम्म चलिरहन्छ । फागु पूर्णिमाको दिनदेखि जात्राको तयारी हुनेहुदा पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन। यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन । सिन्दुरे जात्राका लागि धामी अर्थात भैरवी मन्दिरका पुजारी र धमिनीका साथै द्वारे अर्थात...