Skip to main content

राम मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा महोत्सव

विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको राम मन्दिरको मुर्तिमा आज बिहिबार प्राण प्रतिष्ठा महोत्सव सम्पन्न भएको छ ।

विनाशकारी भूकम्पले मन्दिरमा क्षति भएको पुनर्निर्माण सम्पन्न गरी आज मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको राममन्दिर संरक्षण समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशुली बजारबासीको आस्थाको केन्द्र रहेको मन्दिरको पुनर्निर्माणकाे लागि विदुर नगरपालिका, स्थानीय नागरिकहरुबाट एक करोड ४ लाख रकम सङ्कलन जुटेको र अहिलेसम्म ९६ लाख खर्च भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।














Comments

Popular posts from this blog

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदको मत गणनाको नतिजा

 

नव वर्ष २०७५ को शुभकामना कार्ड - TWS

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...