Skip to main content

बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग, फोहोरका गाडी रोकेर विरोध प्रदर्शन (तस्विरहरु)

 आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् ।

झण्डै एक दशकदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए । सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् । 















Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)