नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ।

तर राष्ट्रिय समाचारदेखि रेडियो नेपाल, रासससम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा 'लकडाउन' भनि प्रकाशन गरेको थियो

सेतोपाटिमा प्रकाशित

अनलाइन खबरमा प्रकाशन भएको

रेडियो नेपालमा

शिलापत्रमा प्रकाशन

रिपोर्टस् क्लबमा

नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ

 


यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको थियो, 

गुगलमा सर्च गर्दा देखिएको

र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटको मिति २०७७ साउन २३ गते शुक्रबारका दिन बसेको बैठकका निर्णयहरुः 

१. विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा भएका हालसम्मका प्रयासहरुको समीक्षा  गरियो। यस जिल्लामा हालसम्म ५३ जना व्यक्तिहरु संक्रमित भइसकेको, शुरुका दिनमा विदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्तिहरुमा मात्र संक्रमण देखिएकोमा हाल समुदायस्तरमा समेत संक्रमण फैलिने अवस्था देखिएको छ ।बन्दाबन्दीको अन्त्य भएसँगै संक्रमणको दर वृद्धि भएको तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत संक्रमण देखिन थालेको हुँदा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि थप सतर्कता अपनाउनुपर्ने अवस्था सृजना भएको छ ।

२. शहीद गंगालाल ह्रदय रोग केन्द्रको कोभिड-१९ संक्रमण परीक्षण नतिजा अनुसार यस जिल्लाको विदुर नगरपालिका वडा नं.  ९ का एक जना महिलामा संक्रमण देखिए पश्चात निजको सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल गरी परीक्षण गर्दा ४ जनामा कोभिड-१९ को संक्रमण देखिएको  तथा जिल्लाका अन्य क्षेत्रमा समेत संक्रमण देखिएको हुँदा देहायका क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७।०४।२४ गते राति १२:०० बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने:

निषेधाज्ञा जारी हुने क्षेत्र:

१. विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र

२. लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र

३. सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र

४. बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१०,११,१२ र १३ का सम्पूर्ण क्षेत्र

५. पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र

६. शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र

७. ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र

३. निषेधाज्ञा जारी भएका क्षेत्रमा देहायका कार्यहरु गर्न/गराउन रोक लगाउने:

क) औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन ।

ख) एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन गर्न ।

ग) अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न (तर खाद्यान्न पसल बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म मात्र खोल्न पाइने) ।

घ) स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारी सहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्‍चालन गर्न । 

ङ) धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन गर्न ।

४. निषेधित क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भागमा धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन नगर्ने/नगराउने ।

५. हाल संक्रमण देखिएका व्यक्तिहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (Contact Tracing) तत्काल शुरु गर्ने र संक्रमणको उच्च जोखिम भएका व्यक्ति र क्षेत्रमा अधिकतम रुपमा स्वाब संकलन गरी पी.सी.आर. परीक्षण गर्ने ।साथै विगत १ हप्ताभित्र उपत्यका लगायत संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुबाट आएका व्यक्तिहरुको खोजी गरी प्राथमिकताका आधारमा स्वाब संकलन गरी पी.सी.आर. परीक्षण गर्ने ।

६. विदुर नगरपालिका वडा नं ५ स्थित च्वाडी पब्लिक मावि माझिटारमा सञ्चालनमा रहेको जिल्लास्तरीय एकीकृत क्वारेन्टीन पुन: सञ्चालनमा ल्याउने ।उक्त क्वारेन्टीनको सञ्चालन तथा व्यवस्थापन विदुर नगरपालिका र सुरक्षा व्यवस्था नेपाली सेना जबरजंग गणबाट गर्न अनुरोध गर्ने।

७. यस जिल्लामा कोभिड-१९ को संक्रमण समुदायमा फैलिन शुरु भइसकेको हुँदा नेपाल सरकारद्वारा जारी जनस्वास्थ्य मापदण्ड पालना गर्न/गराउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्ने ।

८. पार्टिसन सहितको एम्बुलेन्स र चालकलाई Standby राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने।

९. जिल्लाका सबै नाकाहरुबाट माथि उल्लेखित अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवातजावत पूर्णरुपमा रोक लगाउने ।

१०. उल्लेखित आदेश तथा निर्णयको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

११. दीर्घरोगीहरुका लागि आवश्यक औषधी सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्न अनुरोध गर्ने।

१२. स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीमार्फत जिल्लाभित्र हुने खाद्यान्नको बिक्रिवितरण तथा ओसारपसारको नियमित अनुगमन गर्ने ।

१३. निषेधाज्ञा जारी भएका कारण नियमित स्वास्थ्य सेवा प्रवाहमा अवरोध भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन स्थानीय तहका स्वास्थ्य संयोजकलाई जिम्मेवार बनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

माथि पोस्ट भएका जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक अकाउन्टबाट लिईएको हो जसमा ५० लाइक, ४ कमेन्ट र १६ सेयर भएको छ ।

test

जिल्ला प्रशासन कायालय नुवाकोटको आधिकारिक वेबसाइट राखिएको सूचना

Comments