Skip to main content

सुभेनियर बोर्डिंङ्गको एस्ट्रो एस्प्रो

 विद्यालयतहमा पाठ्य पुस्तकबाट मात्रै सौर्य मण्डलका ग्रह, उपग्रह र नक्षत्रका बारेमा सिकाइएका विद्यार्थीहरुलाई सौर्य मण्डलको अवलोकन गराउने उदेश्यले अवलोकन गराउँदा शिक्षण सिकाइ प्रभावकारी हुने भएकोले "एस्ट्रो एस्प्रो" आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए ।

रातको समयमा मात्र सहज रुपमा देखिने चन्द्रमा, विभिन्न ग्रह र नक्षत्र भएकोले यस एस्प्रो अवलोकनको लागि विद्यालयका पुर्व विद्यार्थी तथा नुवाकोट साईन्स क्लबका संयोजक नरेश्वर पाण्डे, विज्ञानका विद्याथी शेखर चित्रकार लगायतको सहकार्यमा भएको उनले बताए ।

बिहिबारदेखि शुक्रबारसम्म भएको उक्त एस्प्रो कक्षा ७, ८ , ९ र १० का विद्यार्थी, अविभावक, पुर्व विद्यार्थी लगायतले चन्द्रमा, मङ्गल, शनि, बृहस्पति, ताराहरूको नक्षत्रको टेलिस्कोप र दुरबिनको माध्यमले नजिकैबाट अवलोकन गर्न सकिएको विद्यालयका विज्ञान शिक्षक काजी खान जानकारी दिए ।







Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)