Skip to main content

नुवाकोटकी रजनी ‘मिस युनिभर्स नेपाल २०२०’ टप ५० मा

नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२०’ मा नुवाकोटकी रजनी मिश्र उत्कृष्ट पचासभित्र परेकी छिन् ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का २३ वर्षीया रजनी अहिले इण्डियामा चार्टर एकाउन्टेन्टको अन्तिम सेमेस्टरमा अध्ययनरत रहेकी छिन् । उनीले काठमाडौं मोडेल कलेजमा १०+२ अध्ययन गरेकि हुन् भने विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको सुभेनियर बोर्डिंङबाट एस.एल.सी. (एसईइ) दिएकी हुन्।

उनीलाई उत्कृष्ट चौधमा पुर्याउनको लागि नुवाकोटबासी तथा सम्पूर्ण शुभचिन्तकहरुलाई उनकी बुबा बैकुण्ठ मिश्रले फेसबुकबाट अनुरोध गरेका छन् । उनकी बुबा जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुन् ।




Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)