Skip to main content

भर्चुअल शिक्षा: चुनौतीपूर्ण र ओझेलपूर्ण


अनलाईन कोर्ष सबैले सबै खाले निकाले! डलरमा Play Store र App Store मा राखे, सरकारले पनि राखे, शिक्षक र अभिभावकले खोजि दिएको र मोबाइल, ल्याबटप, ट्याबमा राखेका सबै शैक्षिक सामग्री विद्यार्थीले पढ्न थाले होलान, पढेंनन् पनि होला, प्रविधिको गेम जसरी, हात र आँखामा हुन्जेल हेर्यो सुन्यो, कतिलाई लाग्यो होला, विदाको दिनमा पनि कति लादेको भनेर? बाल मनोविज्ञानको लेखा जोखाको त सुनुवाई कसले गर्ने? रमाइलो लाग्ला इन्टरनेट चलाउँदा कति को कठिनाई होला? मनोरञ्जनलाई मात्र प्रयोगमा ल्याउने मोबाइल, ट्याबलाई पढाईको मध्यमलाइ अभ्यास वा प्रयोगमा ल्याउँदा कसरि अंगाल्ने हो? त्यो बाल मानसिकताले?
निजी, गैर, राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीमा सफ्टवेयर, मोबाईल एप, डिजिटल बुकसहित श्रव्यदृश्यका उपयोगी सामग्रीहरु कति निर्माण भए पलाए, तर त्यसको मूल्यांकन कतिको भैरहेको छ? देशको शैक्षिक प्रणाली अनुसार कतिको उपयोगी छ? विदेशी लगानीबाट हुने शिक्षामा देशको सर्वभौम, संस्कृतिमा कतिको अनुकुल रहेको छ?
त्यसको मुल्यांकन सरकार वा निकायबाट हेरिनुपर्छ अन्यथा नेपालको पहिचान, धर्म, संस्कृति, भौगोलिक, इतिहासमा आँच आउने कुनै दुइमत नहोला !
अर्कोतर्फ शैक्षिक प्रविधिलाई स्वीकार गर्ने क्षमता, अनलाइन बस्दा बालबालिकाको गतिविधिको अनुगमन कसरि गर्ने त्यो अभिभावकको लागि चुनौती रहको छ । अभिभावकको बैंकिङ वा आर्थिक स्रोतको दुरुपयोग हुने सम्भावित दुर्घटना !
शिक्षा: चुनौतीपूर्ण र ओझेलपूर्ण
अभिभावकले भनेको पढ्ने कि स्कुलका शिक्षक/शिक्षिकाले भनेको! किताबको पढ्नेकि डिजिटल बुक पढ्ने? एक त जति घोटेनि A+ नै हो, नघोटेनी D नै हो! अहिलेदेखि आफ्ना बालबालिकालाई विद्यालय खोलिने अन्यौल हुँदाको अवस्थामा डिजिटल पढाईमा आकर्षित गर्दा यता विद्यालयलाई चुनौतीपूर्ण भएको छ के अब विद्यालयमा पढाईने पनि प्रविधिमय भएर पढाईने हो? कि महा भूकम्प गएको केहि महिनामा सदाचार, आत्मीय र भूकम्प प्रतिरक्षा बनाउनुपर्ने भनि आवासका भवन जस्तै एक कोठे घर जस्तै तै हुने होइन अब?
मोवाईल, मोबाइल, ल्याबटप, ट्याबमा झुमि रहँदा बालबालिकामा पर्न झाने असुरक्षित स्वास्थ्यको जीवनशैली अर्को पाटो! इन्टरनेटको पहुँच बढ्दै गएपछि साइबर सुरक्षा, प्रयोगकर्ताको गतिविधि मुल्यांकन, शिक्षक/शिक्षिकालाई तत् अनुसार आवश्यक तालिम अभिवृद्धि, विद्यालयमा हुनुपर्ने पूर्वाधार, वातावरणमा पर्ने प्रविधिको प्रदुषण, प्रकृतिका जीवहरुमा पर्ने असर आदि इत्यादी अबको खुड्किलो कसरि चढ्ने?
उता सरकारले लकडाउन अगावै देशभरबाट नमुना विद्यालय छनौट गरि पूर्ण प्रविधियुक्त भर्चुअल शिक्षाको थालनी कति विद्यालयमा गरिसकेको अवस्था छ भने केहि को सुरुवाती क्रममै रहेको छ । यता निजीस्तरमा कम्प्युटर कक्षा भनि पी३ कम्प्युटरमा कक्षा ५ देखि कम्प्युटरका भाषा सहित कक्षा संचालनमात्र गरेको छ
उसै त् आमने सामने हुँदा कुरा नगर्ने अहिले प्रविधिबाट नचिनेकासँग मस्त सँग गफ गर्न सक्ने! अभिभावक, शिक्षकलाई भन्न नसकेका अरुलाई भन्ने समस्याको थुप्रोको ढिस्को भत्काउन सावित होस् । प्रविधिको फड्को मार्ने अवसरसंगै औद्योगिकको पनि विकासको पनि बजार विस्तारको साथै नीतिनियमको परिमार्जन होस् ।

Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)