Skip to main content

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ 

गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए । 

आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो ।

सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), हुलमा अङ्गरक्षकले गरेको त्यो दुर्व्यवहार पत्रकार साथी र उक्त अङ्गरक्षकसँग विवाद भयो। 

"कसलाई धकलेको", "किन धकलेको"। 

धेरै विवाद हुँदै जाँदा अर्को स्वकीय सचिव अङ्गरक्षक (सुरक्षामा खटेका डिएसपीले भनेअनुसार) ले मोबाईल खोसे ।

विवाद सुन्दै राजा अघि बढ्दै थिए । 

मोबाईल खोसेपछि महिला पत्रकारले आफ्नो मोबाईल माग्दा नदिएपछि नारा लगाए "ज्ञानेन्द्र शाह मुर्दावाद!"

पत्रकारको मोबाईल खोसिनु निन्दनीय थियो । 

त्यसपछि सुरक्षामा खटेका स्वकीय सचिव अङ्गरक्षकको कमाण्डमा ती पत्रकारलाई बाहिर लान आदेश दियो । महिला सुरक्षाकर्मी त्यहाँ नभएपनि पुरुष सुरक्षाकर्मीले केहि मुख बन्द गराउने कोशिस पनि गरे । 

उनलाई होटलको गेटबाहिर लगेर छोडे ।

बाहिर बसेर फेरी पनि ती महिला पत्रकारले आफु माथि भएको अन्यायविरुद्ध राजा ज्ञानेन्द्रमाथि नारा लगाए ।

त्यसपछि राजा ज्ञानेन्द्रले कौतुहलता बारे बुझ्न ती महिला पत्रकारलाई बोलाउन लगाए । 

बोलाए आईन् ।

राजाले मलिन र शालीन स्वरमा सोधे ती पत्रकारलाई सोधे "के भएको ?"

राजासमक्ष समाचार सङ्कलनको क्रममा आफ्नो मोबाईल खोसिएको जानकारी/गुनासो गरिन् ।

राजा: "कसले खोस्यो?" 

चर्को स्वरमा ती पत्रकारले "म पत्रकार, रिपोर्टीङ्ग फोटो खिच्दै थिएँ ।" 

राजा: "खोस्न त नहुने"

पत्रकारले हुलमा कसले खोसेको यकिन गर्न सकिनन् र भनिन् "मोबाईल खोस्नेले माफी माग्नुपर्छ।"

यति भलाकुसारीपछि राजा ज्ञानेन्द्र होटलको मुख्यद्वार हुँदै आरामको लागि भित्र छिरे ।
ती पत्रकार आफ्नो मोबाईल पाउनुपर्ने र सो सुरक्षाकर्मीले माफी माग्नुपर्ने भन्दै भौतारिन थालिन । 
सो व्यवहार देखेर राजावादीले गेटबाहिरैबाट उनीमाथि खनिन थाले । नेकपा माओवादी निकट रहेकी ती पत्रकारमाथि राजनैतिक आक्षेपसहित नारा लगाए ।

केहि समयपछि सुरक्षाकर्मीले मोबाईल फिर्ता गरे।

तर मोबाईल खोस्नेले माफी माग्नुपर्ने अडान लिँदै मोबाईल लिएनन्।

हुलमुलमा ती पत्रकारले भीभीआईपीको सुरक्षामा रिपोर्टीङ्गबारे जानकार हुनुपर्ने भन्दै त्यसरी पत्रकार भएर राजाविरुद्ध "मुर्दावाद" को नारा नलागे हुने भनेर अन्य पत्रकारहरु गुनगुन गरेका थिए ।  

उता राजा हेर्न र दर्शन गर्न आएकाले राजाको जय जयकारको नारा लगाएका थिए भने अर्को प्रचण्ड र केपी शर्मा ओली विरुद्ध नारा लगाएका थिए ।

केहि समयपछि ती पत्रकारले मोबाईल हात परिन् । 

घटनाक्रम यति मात्र हो ।

बाहिर सामाजिक सञ्जालमा उनीमाथि भएको दमन र अन्यायविरुद्ध पूर्वमन्त्री, वहालवाला जनप्रतिनिधि, राजनैतिक व्यक्तित्व, नागरिकलगायतले राजा ज्ञानेन्द्रविरुद्ध आवाज उठाएका देखिन्थे । 

अतिविशिष्ट एवं विशिष्ट व्यक्तिको आवागमनमा के–कस्ता सावधानी अपनाउनुपर्ने भन्ने नुवाकोट पत्रकारहरुकाबीच  बहसको विषय बनेको छ । पत्रकार पहिचानका लागि ज्याकेट, परिचयपत्र, उपकरण (क्यामेरा) लगायतका सामग्रीहरु लगाएर र लिएर भीभीआईपीको समाचार सङ्कलन गर्नुपर्ने देखिएको छ । 

यता बुझ्नुपर्ने

ती महिला पत्रकारमाथि भएको जानीजानी वा अन्जनामा भएको "ब्याड टच" (पिडितले भने बमोजिम) सम्बन्धित व्यक्तिले माफी माग्नुपर्छ । 

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), काठमाडौं कार्यालयद्वारा सञ्चालित पत्रकार सुरक्षा अभिवृद्धि परियोजनाका लागि सञ्चारिका समूह, काठमाडौंद्वारा प्रकाशित पत्रकार महिलाको सुरक्षा निर्देशिकाको खण्ड १ पत्रकार महिला र सुरक्षा अनुसार "पत्रकारिता गर्न मिहिनेत, लगनका साथै पर्याप्त साहस चाहिन्छ । पत्रकारिता गर्दा धेरै किसिमका व्यावहारिक समस्या भोग्नुपर्छ, ज्यानै खतरामा पार्न सक्नेसम्मको अवस्था पनि आउन सक्छ । त्यसैले पत्रकारिता गर्दा निर्भीक, साहसी र व्यावसायिक भएर अघि बढ्नुपर्छ । कसरी सुरक्षित हुने भन्नेमा सचेत हुनुपर्दछ ।"

यस्तै "पत्रकारको सुरक्षा भन्नाले उसको शारीरिक, मानसिक, व्यावसायिक, पेशागत र आर्थिक सबै किसिमको सुरक्षा बुझिन्छ । पत्रकारको सुरक्षासँग ढुक्कले काम गर्न सकिने भयरहित वातावरण पनि जोडिन्छ । अंग्रेजीमा ‘सेफ्टी’ (Safety) भन्ने शब्दले यी सबै कुरालाई समेटेको हुन्छ । पत्रकारको सुरक्षा अवस्था मुलुकको शासन–व्यवस्था, व्यावसायिक पत्रकारिताको अभ्यास र मिडिया विकासको स्तरमा बढी निर्भर हुन्छ । पत्रकार बढी सुरक्षित हुन लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र वातावरण र चुस्त, प्रभावकारी एवं व्यवस्थित मिडिया आवश्यक हुन्छन् । "

पत्रकार आचारसंहिता-२०७३ को पत्रकार र सञ्चारमाध्यमको कर्तव्य
पत्रकार आचारसंहिता-२०७३ को पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

हरेक पेसामा झैँ पत्रकारिताका पनि नैतिकताका पक्ष हुन्छन्। अहिले ती नैतिक मूल्य, मान्यताहरू क्रमशः क्षीण हुँदैछन्। चिन्तित हुन सकेनौं भने हामी आफैले आर्जन गरेको विश्वास धमिलिँदै जानेछ। आमनागरिकमा पत्रकारिता फगत एउटा झुटसिद्ध हुनसक्छ। पत्रकारिता समाजको एना हो, जनताको विश्वास हो । आमसञ्चारका माध्यमहरुलाई दर्शक, स्रोता र पाठकहरुले विश्वास गरेका हुन्छन् । जुन कायम राख्नुपर्छ। 




Comments

Popular posts from this blog

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)