Skip to main content

स्रस्टा सम्मान तथा साहित्यिक गोष्ठी

नुवाकोट साहित्य प्रतिष्ठान नेपाल र कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिको संयुक्त आयोजनामा भएको नुवाकोट साहित्य प्रतिष्ठान नेपालले महामण्डल साहित्यबाट कवि तथा पत्रकार डा. नवराज लम्साल (धादिङ), कमला तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवानाथ धमला (ओखलढुंगा) र महामण्डल युवा साहित्य सम्मानबाट बिना थिङ (नुवाकोट) लाई सम्मान गरेको छ ।

 त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले महाकवि नरेन्द्र स्मृति दिवस, स्रस्टा सम्मान तथा काव्यसम्मेलनको अवसर पारेर नरेन्द्रनाथ रिमाल वाङमयनिधि प्रतिभा पुरस्कारबाट त्रिभुवन विश्व बिद्यालयको स्नातकोत्तरतह नेपालीमा जीपीए ३.६१ ग्रेड प्राप्त गरेका सुभद्रा पौडेल (नवलपरासी) लाई २५ हजार १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ ।

नरेन्द्रनाथ वाङमय काव्य सम्मानबाट नेपाली साहित्य क्षेत्रमा पद्य कविता रचना गर्ने विशिष्ट व्यक्त्वो मध्येबाट कवि प्रहलाद पोख्रेललाई १० हजार १ सय १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ ।

त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले एसईई परीक्षामा नुवाकोटबाट उत्कृष्ट तथा समान अंक ३.९५ ल्याउने एकल रिमाल (अर्किड एकेडेमी), पृथ्वी माविका रश्मी पनेरु र निशा गजुरेललाई ५ हजार नगद राशीसहित प्रशंसापत्रले सम्मान गरेको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्मानित स्रस्टा तथा विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि वाल्मीकि विद्यापीठका प्रा. पुरुषोत्तम दाहाल, विशेष अतिथि नेपाली केन्द्रीय बिभाग त्रिबिका प्रा. डा. देवीप्रसाद गौतम र नरेन्द्रनाथ रिमाल वाङमयनिधिका अध्यक्ष डा. भूपहरि पौडेलले संयुक्तरुपमा सम्मान गरेका हुन् ।











Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)