Skip to main content

नुवाकोट गोल्डकप फुटबल शुरु

नुवाकोट/आजदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ ।
बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी गराउन खेलको पहिलो हाफको २८ औँ मिनेटमा उचित लामाले गरेको गोल नै निर्णायक बन्यो ।
यही जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नुवाकोटसहित थ्रीस्टार, फ्रेन्डस अफ क्लब जाउलाखेल, नेपाल पुलिस, एपिएफ, मदन भण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौंँका दश टोलीले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित शिल्ड र पदक प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्लामा राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो । (रासस)



http://dabalikhabar.com/sports/3747/

Comments

Popular posts from this blog

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...

लकडाउनको १९औं दिन: नुवाकोट सदमुकाम विदुर आसपासका क्षेत्रका जनजीवन

एक लाख ५० हजार रुपैयाँ मै बनाए स्थानीय युवाहरुले ढिकुरो पाटी