एउटा सुन्दर गाउँ थियो, जहाँ चारैतिर हरिया पहाड र कलकल बग्ने तादी नदी थियो। त्यो गाउँको छेउमा एउटा अग्लो र विशाल चट्टान थियो, जसको टुप्पोमा पुग्न धेरै गाह्रो थियो। त्यही गाउँमा वासु तामाङ भन्ने एक इमान्दार र सोझो गोठालो बस्थे। वासुको एउटी ज्यादै प्यारी र असल गाई थिई, जसलाई उनी हरेक दिन नजिकको जंगलमा चराउन लैजान्थे। एकपटकको कुरा हो, वासु आफ्नी गाईलाई लिएर गोठालो जाँदै थिए। खेल्दा-खेल्दै गाई कता हराई, उनले पत्तै पाएनन्। वासुले दिनभरि जताततै खोजे, "मेरी गाई, मेरी प्यारी गाई!" भनेर बोलाए, तर गाई कतै भेटिइन। उनी साह्रै निराश भएर साँझपख घर फर्के। राति वासु सुतिरहेका बेला एउटा अचम्मको सपना देखे। सपनामा एकजना तेजिलो मुहार भएका जोगी बा प्रकट हुनुभयो। जोगी बाले वासुलाई भन्नुभयो, "गोठालो, तिमी निराश नहोऊ। तिम्रो गाई हराएको छैन। ऊ त त्यो अग्लो भिरको पहरोमाथि छ। त्यो ठाउँमा तिमीले हरेक दिन पूजा गर्नुपर्छ र मेला लगाउनुपर्छ।" जोगी बाले यो कुरा भन्नुभएको दिन मंसिर महिनाको चर्तुदशीको रात थियो। भोलिपल्ट बिहानै वासु तामाङ सपनामा भनेजस्तै त्यो अग्लो भिर भएको ठाउँमा गए। भिरमा चढ्न त गा...