नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन
नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो, गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला संकट व्...